एमालेभित्रको अन्तरसंघर्ष हारको परिणाम : शंकर पोखरेल

काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेभित्रको अन्तरसंघर्ष हारको परिणाम भएको बताएका छन् । पोखरेलले नेता माधवकुमार नेपालले पार्टीको नवौं महाधिवेशनमा अध्यक्ष पदमा बेहोरेको हारलाई अन्तरसंघर्षको कारक मानेका हुन् ।

पार्टी अध्यक्ष ओलीबाट नेता नेपालसहित चार जना नेता निलम्बनमा परेपछि उनीहरूले पार्टीमा समानन्तर गतिविधि गरेको अवस्थाबीच मुख्यमन्त्री पोखरेलले अन्तरसंघर्षबारे मुख खोलेका हुन् ।

प्रतिक्रिया