‘प्रधानमन्त्री ज्यू, बझाङका जनताले चामल खान पाउने कि नपाउने ?’

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाश स्नेही रसाइलीले बझाङ्का जनताले भोगिरहेको खाद्यान्न संकटका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले बझाङका जनताले चामल खान पाउने कि नपाउने भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गरेका छन् ।

‘प्रधानमन्त्री ज्यू, तपाईंहरूको सरकार बनिसके पछाडि १३ करोडको होली वाइन खानु भयो । बझाङका जनताले चामल खान पाउने कि नपाउने ? म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यसको जवाफ माग्न चाहन्छु,’ सांसद रसाइलीले भने । उनले बझाङका जनता खाद्यान्न समस्यामा परिरहँदा प्रधानमन्त्री केपी ओलीले चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया