२४ वर्षपछि सिँचाई कुलो बन्दा नागरिक हर्षित

कालिकोट । २४ वर्ष पहिलाबाट अवरुद्ध परम्परागत कुलो भत्किएपछि जिल्लाको महावै गाउँपालिका– २ ओदामा सिँचाईका लागि ठूलो समस्या थियो । स्थानीयले कुलोको माग गरेपछि संघीय सरकारको १ करोड १० लाख रुपैयाँमा सिँचाई कुलो निर्माण भयो । ठेक्काको जिम्मा लिने न्यौपाने निर्माण सेवाले नागरिकहरुको समस्यालाई मध्यनजर गदै कुलो निर्माणको काम समयमै सकायो ।

निर्माण सेवाका प्रोप्राईटर (ठेकेदार) पदम बहादुर सिंह र धर्मराज सिंहले जिम्मा लिएको सिँचाई कुलोको काम सम्झौतामा उल्लेख भए बमोजिमको समयमा निर्माण कार्य सम्पन्न भई गाउँमै पानी पुगेको छ । १ सय ५० घरधुरी संख्या रहेको ओदाका नागरिकहरु गाउँमै पानी आउँदा हर्षित भएका छन् ।

महावै गाउँपालिका– २ का मातृका सिंहले गाउँमै सिचाईको सुविधा हुने भएपछि यस बस्तीमा बसोवास गर्ने नागरिकहरु अब सिँचाईतर्फ आकर्षण हुने बताएका छन् । नागरिकका समस्या पहिचान गरी सरकारले दिएको सिँचाई कुलो दिगो टिकाउको हुने नागरिकहरुले आशा गरेका छन् । ३ किलोमिटर टाढा रहेको झ्यागाड मुहानबाट ओदा गाउँमा पानी पुग्दा नागरिकहरुले समय अनुसारको खेती गर्न पाउने भएपछि आफूहरुमा कृषि खेती गर्न झन जोस आएको महावै गाउँपालिका– २ का नरिमाने विश्वकर्माले बताए ।

उनले भने, ‘पहिला सिँचाई गर्न आकाशे पानीको भर पर्नु पथ्र्यो तर, अहिले गाउँमै सिँचाई कुलो आउँदा पानी प्रसस्तै छ । अब तरकारी तथा फलफूल खेति गरेर जिविको पार्जन गर्न तिर लाग्ने नरिमाने विश्वकर्माको भनाई छ । नरिमाने मात्रै हैनन सोही वडाका कमल सिंहको परिवार पनी अव सिजन अनुसारको बाली उत्पादन गर्न पाउने भएपछी परिवारका सवै सदस्यहरु खेति सुधार गर्न र बाझो जमिनको उपयोग गर्न तिर लागेका छन् ।

महावै गाउँपालिका वडा नं. २ ओदाका करिव ३१ सय नागरिकहरु गाउँमै सिचाई कुलोको सुविधा भएपछी अव ओदा गाउँ स्वर्ग हुने बताएका छन् । आकाशे पानीको भरमा गरेको खेति खडेरी पर्दा सुकेर जान्छ, सोचे अनुसारको अन्नबाली तथा फलफुल तरकारी गर्ने रहर मनमा भएपनी पानीको अभाव थियो तर यो अभाव अव दुर भएको स्थानीय गौकला सिंहले बताइन् ।

सिचाई कुलो होस या अन्य विकासी योजनाहरुमा ठेकेदारको हालीमुहाली गरी काम चलाउ गरेर फाल्ने ठेकेदारका लागि स्थानीय ठेकेदार पदम बहादुर सिंहले राम्रो काम गरेको नागरिकहरुको बुझाई छ । जिल्ला स्तरमा हुने सम्पुर्ण खाले निर्माणका काममा न्यौपाने निर्माण सेवाले पार्दशी रुपमा काम गरेको अन्य नागरिकहरुको बुझाई छ ।

न्यौपाने निर्माण सेवाका प्रोप्राईटर(ठेकेदार) पदम बहादुर सिंहका अनुसार १ सय ५० जना भन्दा बढिले सिचाई कुलोमा काम गरेका छन् । दैनिक १ हजारका दरले ज्याला दिएर काम गराएको उनले बताए । विकट मानिने कालिकोट जिल्लाको महावै गाउँपालिकामा सिमेन्ट, बालुवा समेत किन्नु पर्ने र पैसा दिएर बोकाउनु पर्ने समस्या हुँदा हुदै पनी काम समयमै सकाएर गाउँमै सिचाई कुलो पुर्याउँदा अव सिचाईका लागि पानीको अभाव टरेको पदम बहादुर सिंहले बताएका हुन् ।

सडकमार्गले नछोएको महावै गाउँपालिकामा सिमेन्ट,सरिया,बालुवा समेत कामदार बाट बोकाउनु पर्ने अवस्था छ । सिचाई कुलो निर्माणको म्याद २ वर्ष राखेको थियो तर भौगोलिक विकटताका कारण १-२ महिना ढिला भएपनी काम सन्तोष जनक रहेको गाउँपालिका अध्यक्ष नन्द बहादुर सिंहले बताएका हुन ।

गाउँपालिका अध्यक्ष नन्द बहादुर सिंहका अनुसार आफ्नो गाउँपालिकाको सिचाई कुलोको अभाव भएको वडा नं. २ ओदामा सिचाई कुलोको ब्यवस्था भएपनी अव पालिका भित्रका अन्य वडाहरुमा आवश्यकता अनुसारको समस्यालाई मध्यनजर गदै माथिल्लो निकाय संग समस्या समाधानका लागि पहल कदमी थाल्ने बताएका छन् । न्यौपाने निर्माण सेवाले जिम्मा लिएको काम सघाउका लागि सहयोग गर्ने प्रकाश शाही (ताउडे) गणेश पाण्डेलगाएत कुलो निर्माणमा सहयोग गर्ने सम्पूर्णलाई ठेकेदार पदम सिंहले धन्यवाद समेत दिए ।

प्रतिक्रिया