खोजखबर

ताप्लेजुङको फुङ्लिङमा तुवाँलोले अध्यारो

सौर्य अनलाइन २०७७ चैत १७ गते १४:५२ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपातभएसँगै ताप्लेजुङको सदरमुकाम आज बिहानदेखि तुवाँलोले अध्यारो बनाएको छ । हिमाली बस्ती घुन्सामा तीन दिनदेखि हिमपात भएको स्थानीय पेमा शेर्पाले जानकारी दिए ।

उनले भने, ‘तीन दिन भयो हिउँ पर्दै रोक्दै गरेको, आज पछि हिउँ पर्दै छ ।’ हिउँ परेपछि चिसोका कारणले जनजीवनसँगै पशु चौपाय प्रत्यक्ष प्रभावित हुन पुगेको उहाँले बताउनुभयो । घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइमा अवस्थीत एक पर्यटकीय क्षेत्र हो ।

फक्ताङलुङ–७ ओलाङ्गोलमा भने हिउँ नपेर पनि तीन दिनदेखि गाउँ नै अध्यारो भएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए । उनले भने, ‘हामीले त जङ्गलमा आगलागी भएछ, भनेर तलसम्म झरेर हेर्यो, आगलागी भएको हैन् रहेछ ।’ ओलाङचुङगोलामा तुवालो तीन दिनदेखि गाउँ नै अध्याँरो बनाएको तेन्जिङ वालुङले जानकारी दिए ।

त्यस्तै, ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आज बिहान नैदेखि तुवालोले पुरै बजार अध्याँरो भएको छ । तुवालोका कारणले प्रत्यक्ष स्वास्थ्यमा प्रभाव पर्ने जनाउँदै सरकारको आइतवारको चार दिन विद्यालय विदा दिने निर्णय गरेसँगै आजदेखि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द भएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय