विश्व

इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा

सौर्य अनलाइन २०७७ चैत १७ गते १३:३१ मा प्रकाशित

बग्दाद । इजिप्ट र जोर्डनका विदेशमन्त्री इराक पुगेका छन् । उनिहरु सोमबार इराक पुगेको बताइएको छ । उनिहरुले इराकका विदेशमन्त्रीसँग छलफल गर्नेछन् । उनीहरुको यो त्रिपक्षीय बैठकले यी देशका उच्चस्तरीय नेताहरुको बैठक तय गर्ने बताइएको छ ।

इराक, जोर्डन र इजिप्टका उच्चस्तरीय नेताहरुको संयुक्त बैठक हुन लागेको र सो बैठकको तयारीका लागि उनिहरु त्यसतर्फ लागेको तथा इराकमा रहेका यहाँका विदेशमन्त्री समेतको छलफलबाट सो बैठक तय गरिने बताइएको छ ।

सोमबार यी तीन देशका विदेशमन्त्रीहरुको इराकको राजधानी बगदादमा छलफल भएको थियो । सो छलफलबाट पछिल्लो समयमा इराकका साथै अरु क्षेत्रीय राजनीतिका विषयमा के कसरी विकसित भइरहेको छ भन्ने बारेमा पनि छलफल भएको थियो ।

सो छलफलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उनिहरुले आगामी केही दिनमा नै यी तीन देशका उच्च नेताको बैठक आयोजना गर्ने बारेमा तयारी भएको बताएका थिए ।

सो त्रिपक्षीय बैठकमा तेलको पाइपलाइन, उर्जा, बिजुलीका साथै अरु आर्थिक मुद्दाहरु र क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरुमा पनि छलफल भएको पनि तीन देशका विदेशमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय