शाओमीको स्मार्ट टिभि बजारमा

काठमाडौं । शाओमीले नेपालमा आफ्नो उत्पादन श्रेणीमा अर्को थप उत्पादन ल्याएको छ । स्मार्ट टीभीहरुको पोर्टफोलियो विस्तार गर्दै शाओमीले नेपालमा नयाँ मी टीभी ४ एक्स ६५ इन्च मोडल ल्याएको हो । यो मोडलमा ६५ इन्च फोर के डिस्प्ले एचडीआर र टीभी इन–हाउस एन्ड्रोइडमा आधारित प्याचवाल यूआई रहेको छ । शाओमी मी टिभी ४ एक्स ६५ इन्च क्वाड–कोर अमलोगिक कोर्टेक्स ए ५३ चिपसेट रहेको पनि कम्पनीले जनाएको छ । यसमा माली जीपीयू २ जीबी ¥याम र १ जीबी इन्टरनल स्टोरेज रहेको छ ।

मी४ ए ४३ इन्च होराइजन एडिसनको स्क्रिनको शीर्ष, बायाँ र दायाँमा वास्तवमै धेरै पातलो प्लास्टिक बोर्डरहरु रहेको जनाइएको छ । शाओमीले इको सिस्टममा थप २ उत्पादन पनि थपेको छ । कम्पनीले मी पोर्टेबल ब्लुटुथ स्पिकर र मी बियर्ड ट्रिमर ल्याएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले मी टीभीले यसको उत्कृष्ट सफ्टवेयरका साथ स्मार्ट टीभीको अर्थ परिभाषित गर्ने बताएका छन । ‘सबैको दर्शनका लागि हाम्रो नवीनतामा अडिग रहन्छ । यसलाई नेपालका हाम्रा प्रयोगकर्ता र मी फ्यानले मन पराउनेछन् भन्ने आशा राखेका छौँ’ उनले भने । मी टीभीको बजार मूल्य ३५ हजार देखि १ लाख २० हजार रुपैयाँसम्म रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया