थारु कल्याणकारीसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली

काठमाडौं । सरकारले रेशम चौधरी लगायतका बन्दीहरुको रिहाईको माग गर्दै आन्दोलन थरु कल्याणकारी सभासँग वार्ता गर्न टोली बनाएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी रहेको वार्ता टोली बनाएको हो ।

केही दिन अघि समितले चौधरीको रिहाइका लागि भन्दै आयोजना गरेको धर्ना कार्यक्रममा गृहमन्त्री थापा पुगेका थिए। थापाले सरकारले चौधरीको रिहाइका लागि पहल गर्ने बताएका थिए । यता, सरकारलाई समर्थनका लागि जसपाले समेत रेशम चौधरीको रिहाइको माग्लाई बटमलाइन बनाएको छ।

प्रतिक्रिया