जान्ने कुर्सीमा, नजान्ने कृषिमा, चिया तथा कफी विषयक अन्तरक्रिया

पाँचथर । फिदिममा आयोजित चिया तथा कफीको एकीकृत विकासको लागि स्थानिय तह र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार भएको उक्त अन्तरक्रियामा पाँचथरका स्थानिय तहका पालिका प्रमुख, उपप्रमुख, प्रतिनिधिहरु र कृषि सहकारी, चिया तथा कफी कृषकहरु माझ छलफल भएको हो ।

स्थानिय सरकारको योजनामा उक्त खेति बिस्तारका लागि समन्वय गर्न जिससले समन्वय गरेको जिसस प्रमुख बिष्णु प्रसाद सापकोटाले जानकारी दिए । संघीय सरकारको मातहतमा देशभरी अभियानमा रहेको जनाउँदै वोर्डका डाइरेक्टर बिष्णु प्रसाद भट्टराइले उक्त अन्तरक्रिया सरोकारवाला माझ गराएका हुन् ।

भट्टराइले चिया तथा कफी बिस्तार र विकासका लागि समस्या पहिचान गरी केन्द्रिय बजेट र्तजुमा गर्न लागेको जनाउँदै र्निधक्क भएर किसान र विषयगत सहकारीहरु साथै सरोकारवालाहरुलाई भनाइ राख्न आग्रह गरेका थिए । पूर्व गृह राज्यमन्त्री दिपक प्रकास बास्कोटाको प्रमुख आतिथ्यमा उक्त किसानहरुको गुनासा र कफी र चियाका उत्पादनको चुनौति र विकास, बजार बिस्तारको गुनासा र सुझाव राखेका थिए ।

अन्तरक्रियामा चिया तथा कफी उत्पादन विस्तारका लागि समस्या के हुन्, चिया कफी गर्न समस्या के पर्यो, समस्या के आइ पर्यो , के गर्दा लाग्न सकिन्छ, समस्या कसरी हल हुने जस्ता विषय छलफल गरीएको थियो । पाँचथरमा चिया तथा कफी खेतिका लागि ठाउँ विशेष उर्भर भूमि भएकाले सहकारी तथा विषयगत किसानहरुले राज्यले ध्यान नदिएको आरोप लगाएका थिए ।

किसानहरुको लगानि, कफी तथा चियाको उचित बजारीकरण, प्रसोधन उपकरणको अभाव, सौहुलियत ऋण प्रवाहमा समयमा ऋण नपाएको, पहुचवालाहरुले मात्र सौहुलियत ऋण पाएको, किसानहरुले गुनासा राखेका थिए । राज्यले कृषिमा यान्त्रीकरण गर्न पहिलो कृषिलाई व्यवसायिककरण गर्नुपर्ने कृषक गणेश पोखरेलले जानकारी र सुझाव दिएका थिए ।

पोखरेलले अन्तरक्रियामा जान्ने जति कुर्सिमा, नजान्ने जती कृषिमा भएकाले यो अवस्थामा आएको हुन सक्ने र समस्याको समाधान गर्न अर्थसहितको विज्ञहरुको रणनीतिक योजनामा ध्यान जान आवश्यकता रहेको बताए । कार्यक्रममा स्थानिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला सहकारी संघ, चिया तथा कफी लगायतका कृषकहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।

प्रतिक्रिया