बद्री बने सद्भावनादूत

काठमाडौं । लोकदोहोरी गायक बद्री पंगेनी ‘हजुरलाई नमस्ते ट्रेड लिंक प्रालि ‘आइटिआर लुब्रिकेन्टस्’ को सद्भावनादूत बनेका छन् । उनलाई उक्त संस्थाका अध्यक्ष ताराबहादुर कुवँरले एक कार्यक्रमका बीच सद्भावनादूत घोषणा गरे । अध्यक्ष कुवँरले नेपाली गीत संगीत र कलाकारलाई विशेष माया गर्ने भएकाले कलाकारकै माध्यमबाट यस इन्जिन आयलको प्रचार प्रसारमा थप सहयोग पुग्ने बताए । उनले भने, ‘गायक बद्री पंगेनीको म सुरुवात्बाटै फ्यान हो । उहाँका धेरै गीत मैले सुन्ने गर्छु र हाम्रो यस संस्थामा पनि उहाँलाई सद्भावनादूतका रुपमा पाउँदा खुसी लागेको छ ।’

सुरुमा युरोपको इटालीबाट उत्पादन भएको आइटिआर लुब्रिकेन्टस् अहिले अमेरिकादेखि विभिन्न देशमा उत्पादन भइरहेको उनले जानकारी दिए । अमेरिका, अफ्रिका, दक्षिण कोरिया र चीनमा पनि यस इन्जिन आयल उत्पादन भइरहेको कुवँरको भनाइ थियो । यसको मुख्य हेड अफिस युएईको दुबईमा भएको र त्यहीँबाट नेपालमा बिक्री वितरण गर्दै आएको उनले बताए । अध्यक्ष कुवँरले ठूला तथा हेवी सवारी साधनमा प्रयोग गर्न यो आयल गुणस्तरीय भएको र त्यसका इन्जिन एवं पार्टपुर्जा लामो समयसम्म टिकाइराख्ने जिकिर गरे । त्यस्तै, साना सवारी साधनले पनि यो आयल प्रयोग गर्न लाभदायक रहेको उनको भनाइ थियो । नेपालमा आफ्नो पसल काठमाडौंको बाफलमा रहेकाले त्यहीँ गएर अथवा अन्य पसलबाट पनि सेवाग्राहीले आयल खरिद गर्न सकिने उनले बताए ।

गायक पंगेनीले पनि आफ्नो मोटरसाइकलमा यही आयल प्रयोग गर्दा अन्य कम्पनीको भन्दा बढी यसले राम्रोसँग काम गरेको प्रतिक्रिया दिए । विभिन्न सवारी साधनलाई सहज तरिकाले गुड्न र इन्जिनलाई पनि लामो समय टिकाउ राख्ने भएकाले यही आयल प्रयोग गर्न सेवाग्राहीलाई आग्रह गरे । साथै, अन्तर्राष्ट्रियस्तरमा उत्पादन र गुणस्तरीय भएको कम्पनीको सद्भावनादूतमा नियुक्त भएकोमा गायक पंगेनीले खुसी व्यक्त गरे ।

प्रतिक्रिया