ओलीलाई स्पष्टीकरण दिँदै रावलले सोधे, ‘संगठन भत्काउने जिम्मा तपाईँलाई कसले दियो?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरण जवाफ एमालेका उपाध्यक्ष भीम रावलले १४ बुँदामा पठाएका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सोधेको पत्रको जवाफ दिँदै रावलले संगठनलाई स्वेच्छाचारी ढंगले भत्काउने अधिकार नभएको दावी गरेका छन्।

रावलले लेखेका छन्, ‘पार्टीको विधान संशोधन जस्तो संगठन सञ्चालनको आधारलाई स्वेच्छाचारी किसिमले भत्काउने अधिकार तपाईले विधानको कुन धाराबाट प्राप्त गर्नुभयो? पार्टी विधान विपरीत मनपरी किसिमले पार्टी विधानमा संशोधन गरिएको कुरा गर्दै नेकपा (एमाले)का सदस्य नै नरहेका व्यक्तिहरुलाई केन्द्रीय कमिटीको सदस्यको पद रिक्त नै नरहेको अवस्थामा केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरिएको भनी तपाईले कसरी भन्नसक्नु भयो?’

यस्तो स्वेच्छचारी काम गर्दा तपाईलाई नवौं राष्ट्रिय महाधिवेशनमा गरिएको शपथको सम्झना किन भएन भन्दै ओलीलाई रावलले प्रश्न गरेका छन्।

Clarification Bhim-UML 77-12-12

प्रतिक्रिया