खनाल–नेपाल समूह छलफलमा

काठमाडौं । नेकपा एमाले खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरु राजधानीको मनमैजुमा छलफल गरिरहेका छन् । स्थायी कमिटीका एक सदस्यका अनुसार बिहान ११ बजेबाट धनबहादुर गुरुङको घरमा छलफल जारी छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माले सोधेको स्पष्टीकरणको जवाफलगायतका विषयमा छलफल भइरहेको उनले बताए ।

एमालेका महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ३ दिनभित्र स्पष्टीकरण दिन पत्र पठाएका थिए । स्पष्टीकरणको म्याद आज सकिँदैछ ।

प्रतिक्रिया