सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । आज ‍पनि छापावाला सुन मंगलबार नै कायम भएको मूल्य प्रतितोला ८६ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज ८६ हजार २५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १२४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया