नागरिक स्टक डिलरले ३९ कम्पनीको सेयर कारोबार गर्ने

काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले नेप्सेमा सूचीकृत २ सय १८ कम्पनीमध्ये ३९ वटा कम्पनीको मात्रै कारोबार गर्न पाउने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले मंगलबार सार्वजनिक गरेको कारोबार योग्य कम्पनीको सूचीमा सो कुरा उल्लेख गरिएको छ । डिलरले २६ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ४ वटा लघुवित्त, होटल तथा पर्यटन समूहको १ र अन्य समूहको पनि समान १ कम्पनीको सेयर मात्रै कारोबार गर्न पाउनेछ । कारोबार योग्य विकास बैंकमा एक्सेल विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, मितेरी विकास बैंक, मुक्तिनाथ विकास बैंक र साइन रेसुंगा विकास बैंक रहेका छन ।

त्यस्तै, लघुवित्त कम्पनीमा छिमेक लघुवित्त, आरएमडिसी लघुवित्त, आरएसडिसी लघुवित्तीय संस्था र साना किसान लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार गर्न पाउनेछ । अन्य समूहमा नेपाल दूरसंचार कम्पनी र होटल तथा पर्यटन समूहको तारागाउँ रिजेन्सी होटलको सेयर पनि नागरिक स्टक डिलरले कारोबार गर्न पाउनेछ । स्टक डिलर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत ९ माघमा धितोपत्र व्यापारीको काम संचालन गर्न अनुमति दिएको थियो । धितोपत्र बजारमा अस्वभाविक उतारचढाव आई बजार असन्तुलन देखिएका बेला सन्तुलन कायम गर्नका लागि भूमिका खेल्ने उद्देश्यले स्टक डिलरको परिकल्पना गरिएको हो ।

त्यस्तै, तरलता नियन्त्रणका लागि पनि स्टक डिलरले भूमिका खेल्ने छ । नेपालको पुँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशलाई बढावा दिन र त्यसका लागि संस्थागत लगानीकर्ताको रूपमा काम गर्न पाउने अधिकार स्टक डिलरलाई दिइएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमा पनि पुँजी बजारमा संस्थागत लगानी अभिवृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो । पुँजी बजारमा अहिले संस्थागत लगानीकर्ताको न्यून उपस्थिति रहेको, स–साना लगानीकर्ताको बाहुल्यता रहेको अवस्थामा अस्थिरता देखिने र बजारमा तरलताको अवस्थामा पनि विचलन आउने सम्भावना रहनृ भन्दै बजारलाई सन्तुलित बनाउन ठूलो मात्रामा धितोपत्रहरूको खरिद–बिक्री स्टक डिलरमार्फत् हुने अपेक्षा गरिएको छ ।

दोहोरो अंकको वृद्धि
सेयर बजारमा दोहोरो अकंको बृद्धि देखिएको छ । छोटो समयमा घटेको बजारले पुन लय लिने क्रमसगै दोहोरो अंकको बृद्धि देखिएको छ । नेप्से सूचक १४.५७ अंकले बढेर २५२८.९५ विन्दुमा पुगेको छ । कारोबार रक मभने ५ अर्ब १४ करोड रुपैयाँमा रहेको छ । १ करोडभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् । १३ मध्ये ७ वटा समूहको सूचक हरियो देखिएको छ । ट्रेडिङ र हाइड्रोपावर समूहमा अधिक तेजी आएको छ ।

८ कम्पनीको मुल्य ९ प्रतिशतभन्दा मािथ सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । खरिदबिक्री रकममा निफ्रा ५२ करोड ६० लाख रुपैयाँभन्दा बढीसहित अग्रस्थानमा रहेको छ । दोस्रोमा अपर तामाकोशी र तेस्रोमा नेपाल बंगलादेश बैंक परेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत, चन्द्रागिरि हिल्सको ९.९८ प्रतिशत, रसुवागढी हाइड्रोपावरको ९.९७ प्रतिशत, कालिका पावर कम्पनीको ९.९६ प्रतिशत, साञ्जेन जलविद्युतको ९.९४ प्रतिशत, वोमी लघुवित्तको ९.९३ प्रतिशत, राइराङ हाइड्रो पावरको ९.८९ प्रतिशत शेयर मूल्य बढेको पनि नेप्सेले जनाएको छ ।

प्रतिक्रिया