तीन स्थानमा बिओपी सञ्चालन

विराटनगर । मोरङको तीन स्थानमा आजबाट सशस्त्र प्रहरीबल सुुरक्षापोस्ट बिओपी सञ्चालनमा आएको छ । सीमाक्षेत्रअन्तर्गत रंगेली नगरपालिकाको धनापटी, सुुनवर्सी नगरपालिकाको सिक्टी तथा रतुुवामाई नगरपालिकाको मिर्चाडाँगीमा सुुरक्षापोस्ट सञ्चालनमा आएको हो । सुुनवर्सीको सिक्टीमा एक कार्यक्रमका बीच सशस्त्र प्रहरीबल प्रदेश–१ वराहावाहिनी पकलीका गणपति एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआइजी वंशीराज दाहाल तथा सुुनवर्सी नगरपालिकाका प्रमुुख कालीप्रसाद दास तथा मोरङका प्रमुुख जिल्ला अधिकारी कोषहरी निरौलाले तीनै वटै बिओपी सञ्चालनको शुुभारम्भ गरे ।

स्थानीयपालिका, संसद् विकास कोष तथा जनश्रमदानमा सो बिओपी सञ्चालनमा आएको हो । सिक्टी बिओपी सञ्चालनका लागि संसद् विकास कोषबाट १० लाख तथा सो नगरपालिकाले पाँच लाख रुपैयाँ उपलव्ध गराएको छ । समाजसेवी वाजुुदिन आलम, मनताज आलम तथा कफिर आलमले बिओपी स्थापनाका लागी निःशुुल्क रूपमा १० कठ्ठा जग्गा उपलव्ध गराएका थिए ।

अस्थायी रूपमा सञ्चालनमा आएका तीन वटै बिओपी आगामी वर्षा अगावै नयाँ भवनमा सञ्चालनमा आउने डिआजी दाहालले बताए । नेपाल भारतको सीमाक्षेत्रमा नेपाल सरकारले गतवर्ष १ सय १४ वटा बिओपी थपेर २ सय २१ वटा बिओपी पुुर्याउने लक्ष्य लिएको छ । लक्ष्यअनुुसार प्रदेश–१ मा २२ वटा बिओपी स्थापना गर्नुुपर्नेमा सो तीन वटा बिओपी सञ्चालन आएसँगै लक्ष्य पूरा भएको छ ।

योसहित प्रदेशमा भारततर्फ ५२ वटा चीनतर्फ दुुई वटा बिओपी स्थापना भएका छन् । त्यस्तै मोरङ जिल्लामा ११ वटा बिओपी स्थापना भएका छन् । दोस्रो र तेस्रो चरणमा गरी प्रदेशमा ७६ वटा बिओपी थप स्थापना गर्ने सरकारले लक्ष्य लिएको छ । त्यसका लागि स्थान छनौट भइरहेको छ । एउटा बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा एक प्लाटुुन अर्थात ३५ जना सुुरक्षाकर्मी छन् भने कतिपय ठाउँमा आवश्यकताअनुुसार ५० देखि ६० जनासम्म सशस्त्र प्रहरी रहेका छन । मोरङमा ६ किलोमिटरको फरकमा बिओपी स्थापना गरिएको छ । कार्यक्रममा बोल्दै मोरङका प्रमुुख जिल्ला अधिकारी कोषहरि निरौलाले तथा सशस्त्र प्रहरीबल कंकालनीका गणपति तथा सशत्र प्रहरी उपरीक्षक तीर्थ पौडेलले पोस्ट स्थापना भएसँगै सीमाक्षेत्रमा शान्ति सुुरक्षा सृदृढ बन्दै गएको बताए ।

प्रतिक्रिया