सुगमको गीतमा गम्भिर र गीता

काठमाडौं । गायक सुगम पोखरेल नयाँ सुमधुर गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । चलचित्रको पाश्र्व गायनमा समेत अति नै रुचाइएका यी गायक गीतकार मनिष वशिष्ठले रचेको शब्द गीत ‘तिम्रो लागि’ मार्फत स्रोतामाझ आएका हुन् । अमेरिकामा बसोबास गरिरहेका गीतकार वशिष्टले यसपटक फरक शैलीको गीतका लागि शब्दरचना गरेको बताए । यो गीतलाई कल्याण सिंहले संगीतबद्ध गरेका छन् । रिदम कँडेल यो गीतका संगीत संयोजक हुन् भने प्रदीप जोशी यो गीतका साउण्ड इन्जिनियर हुन् ।

गीतको भिडियो पनि आकर्षक बनेको छ । गम्भिर विष्टको अवधारणा तथा पटकथामा तयार पारिएको छ । भिडियोमा गम्भिर तथा गीता ढुंगाना फिचर्ड छन् । नवराज उप्रेतीले खिचेको गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी एवं सहनिर्देशन छ भने नवीन निरौलाको सम्पादन, भिएफएक्स तथा रंग संयोजन छ । गम्भिर विष्टले निर्देशन गरेको भिडियो एमबी क्रिएसनको युट्युब च्यानलमा अपलोड गरिएको छ ।

प्रतिक्रिया