मन्त्रिपरिषद बैठकको ३५ वटा निर्णय सार्वजनिक

काठमाडौं । मन्त्रिपरिषद बैठकको ३५ वटा निर्णय सार्वजनिक भएको छ । सरकारले कोरोना महामारीबाट प्रभावित भएका होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाहा गर्ने भएको हो ।

सरकारका प्रवक्ता तथा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आजको नियमित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिए । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको छ । त्यस्तै, मन्त्रिपरिषदको फागुन २०, २५, चैत १ र ५ गते बसेको बैठकले अन्य ३५ निर्णय गरेको छ ।

सरकारले कोभिड संक्रमण जोखिम न्यूनीकरण गर्न बन्दाबन्दी घोषणा गरेको मिति २०७६ चैत ९ गतेदेखि २०७७ भदौ मसान्तसम्म होटल उद्योगले भुक्तानी गर्नुपर्ने विद्युतको मागको शुल्क शतप्रतिशत मिनाहा गरेको र असोज १ गतेदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको मन्त्री गुरुङले बताए ।

 

प्रतिक्रिया