पत्रकार सबिताको शब्दमा ‘ढाँटे मरिजाम’ बजारमा

काठमाडौं । गायिका मञ्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको उक्त गीतको शब्द पत्रकार तथा म्युजिक खबरकी सम्पादक सबिता पोखरेलले लेखेकी हुन् । गीतमा संगीत सिर्जना गायक एचबी सुनारकै रहेको छ भने सुदीप सागरले संगीत संयोजन गरेका हुन् ।

पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अञ्जु सुनारको अभिनय रहेको छ । कपिल कार्कीको निर्देशनमा सो गीतको भिडियोलाई बालकुमार मगरले छायांकन तथा सम्पादन गरेका छन् । भिडियोको कोरियोग्राफी भने सुनिल कुमार मगरको रहेको छ ।

गायनमा पाइला चाल्दै गर्दा आफ्नै संगीत स्कुल खोलेर नृत्य र गायनको कक्षाहरु दिँदै आएकी गायिका मञ्जु उपासना र एचीबी सुनारको स्वरमा धेरै गीतहरु बजारमा आइसकेका छन् ।

प्रतिक्रिया