काग्रेसले मात्र मुलुकलाई निकाश दिन सक्छ : नेता आङदेम्बे

पाँचथर । नेपाल शिक्षक संघको २२ औ जिल्ला प्रतिनिधी सभा सदरमुकाम फिदिममा शनिबार सम्पन्न भएको छ । शिक्षकहरुको भेलालाई नेपाली काग्रेसका अनुशासन समिती संयोजक तथा केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेले उदघाटन गरे । सभालाई सम्वोधन गर्दै आङदम्वेले, नेपाली कांग्रेस सत्तामा जान नहतारिएको तर मुलुकलाई निकास दिने र नेतृत्व गर्ने कुरामा सँधै तत्पर रहेको बताए ।

संविधान रक्षाको लागि पार्टी एकढिक्का भएर अघि वढेको भन्दै उनले वैज्ञानिक, ब्यवसायिक र जीवनउपयोगी शिक्षाबाट मात्र बेरोजगारीको समस्या समाधान हुन सक्ने तर्क गरे । नेता आङदम्बेले त्यसका लागि कांग्रेस बाहेक अन्य शक्तिले बेरोजगारी समस्या निराकरण गर्न असफल रहेको बताए ।

कार्यक्रममा नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, पार्टी जिल्ला सचिव तथा नेपाल शिक्षक यूनियनका पूर्व अध्यक्ष रुपनारायण जवेगु, नेपाल शिक्षक संघका संघीय सदस्य खड्गबहादुर थापा, संघका प्रदेश सदस्य सुरेन शिशिर केरुङ, ट्रेड यूनियन कांग्रेस पाँचथरका अध्यक्ष एकराज भण्डारी, नेपाल शिक्षक महासंघ जिल्ला सचिव दुर्गा खत्री र नेपाल शिक्षक महासंघ उपाध्यक्ष नरेन्द्र सम्हाम्फे आफ्नो विचार व्यक्त गरेका थिए । त्यस्तै, नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष लवदेव ढुंगाना, नेपाल शिक्षक संघ फिदिम नगर अध्यक्ष लक्ष्मी भण्डारी, नेपाल शिक्षक संगठन जिल्ला सचिव जिवन न्यौपाने, अखिल नेपाल शिक्षक संगठन अध्यक्ष नारायण कार्की लगायतले शुभकामना मनतब्य दिएका थिए ।

संगठनमा उत्कृष्ट काम गरेको भन्दै नेपाल शिक्षक संघ फिदिम नगर समिती अध्यक्ष लक्ष्मी भण्डारी र नेपाल शिक्षक संघ तुम्बेवा अध्यक्ष अमरबहादुर सम्हाम्फेलाई कदरपत्र सहित सम्मान गरिएको थियो । यस्तै ०७६ सालको अंकमा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने पृथ्वी मावि यासोकका सविन बोहोरा र फिदिम माविका छात्रा पुनम शाहलाई ५ हजार रुपैया नगद सहित सम्मान गरिएको थियो ।

संघका जिल्ला अध्यक्ष विरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मनतब्य संघका उपाध्यक्ष रचना नेम्बाङले गरेकी थिइन । कार्यक्रमको संचालन संघका सचिव जय बास्कोटाले गरेका थिए ।

प्रतिक्रिया