खाँडाचक्रमा विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै

कालिकोट । जिल्लाका ९ वटा स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिकाले पहिलोपटक विद्यालय नर्स कार्यक्रम सञ्चालन गर्यो । कार्यक्रम सञ्चालन पश्चात विद्यालयमा अध्ययनरत किशोर किशोरी बालबालिका र विद्यालय शिक्षकहरु सामान्य विरामी हुँदा पनि विद्यालयमै उपचार पाउँछन् ।

खाँडाचक्र नगरपालिका कालिकोटले नगरपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयमा विद्यालय नर्स राखेपछि अध्ययनरत छात्र छात्राहरुलाई सजिलै उपचार गर्ने वातावरण सृजना भएको हो । खाँडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेले आफ्नो नगरपालिकाभित्र रहेका माध्यमिक विद्यालयहरुमा विद्यालय नर्सको आवश्यकता ठानेपछि नगरप्रमुखको पहलमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट सहयोग प्राप्त भएको हो ।

नगरप्रमुख पाण्डेले विद्यालयमा प्रायजसो अध्ययनरत विद्यार्थिहरु विरामी परेर नजिकैको स्वास्थ्यचौकी जाँदा अध्ययनमा बाधा पुग्ने भएपछि विद्यालयमै स्वास्थ्य उपचारका लागि विद्यालय नर्स कार्यक्रम नगरपालिले सञ्चालन गरेको बताए । नगरपालिकाभित्र रहेका १० वटा माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरु रजस्वला हुँदा चाहिने सेनेटरी प्याडलगायत अन्य औषधिहरु विद्यालयमा छन् ।

विशेषगरी किशोरीहरुलाई धेरै समस्या हुने भएपछि विद्यालय नर्सको आवश्यता रहेको पाण्डेले बताए । खाँडाचक्र नगरपालिका– ५ स्थित श्री चुलिमाकालि माध्यमकि विद्यालयमा अध्ययनरत छात्रा कविता बरालले विद्यालय नर्स कार्यक्रम सञ्चालनपछि सहज रुपमा विद्यालयमै उपचार पाएको बताईन् ।

उनले रजस्वला हुँदा पनि विद्यालय नर्सबाटै प्याड पाउने र पहिलेको तुलनामा अहिले सहज भएको भन्दै पहिला स्थानीय स्वास्थ्य चौकीमा प्याड किन्न जाँदा समस्या हुनुका साथै अध्ययनमा पनि बताइन् । कविता मात्र नभइ सोही विद्यालयमा अध्ययनरत कल्पना चौलागाँई पनि विद्यालय नर्स कार्यक्रम लागु भएबाट धेरै कुरामा सहज भएको बताउँछिन् ।

कल्पना भन्छिन्, ‘अकास्मात विद्यालयमा रजस्वला हुँदा अगाडि पछाडी बसेका साथीहरुले जिस्क्याउने गर्थे, तर अहिले विद्यालय नर्सले जस्तोसुकै समस्या आउँदा पनि औषधि उपचारका साथै सामाग्री वितरण गर्ने भएपछि मसँगै लगायत साथीहरु पजि खुशी छन् ।’

स्वास्थ्य उपचार नपाएर सदमुकाम मान्ममै पुग्नुपर्ने बाध्यता स्थानीय सरकार आएपछि हटेको यहाँका नागरिकहरुको भनाइ छ । वस्ती–वस्तीमाहरुमा स्वास्थ्य संस्था तथा स्वयमसेविकामार्फत नागरिकहरुका समस्या बुझ्न खाँडाचक्र नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया