नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल

काठमाडौं । नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो ।

यसअघिका महाप्रबन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो। सरकारले प्रतिस्पर्धी मध्येबाट फूलमानलाई नियुक्त गरेको हो। काभ्रेपलाञ्चोकका उनी पत्रकारिता तथा साहित्य र चलचित्र निर्देशनमा समेत संलग्न छन्।

प्रतिक्रिया