नेक्सस कप अर्को सातादेखि

काठमाडौं । नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा हुने चौथो संस्करणको यू१६ नेक्सस कप टि२० क्रिकेट प्रतियोगिता चैत तेस्रो सातादेखि सुरु हुने भएको छ । नेक्सस कप चैत १६ गते देखी ३१ गते सम्म काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने भएको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहने नेक्ससका अध्यक्ष कुमार शाहीले जनाकारी दिएका छन् ।

ओसिस क्रिकेट एकेडेमी काठमाडौं, घोडाघोडी क्रिकेट एकेडेमी कैलाली, तिलोत्तमा क्रिकेट एकेडेमी रुपन्देही, आर एस क्रिकेट क्लब दाङ, वाइ वाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी हात्तीबन काठमाडौं, ग्रेट हिमालय क्रिकेट एकेडेमी शान्तीनगर काठमाडौं, नेक्सस क्रिकेट एकेडेमी काठमाण्डौ, वेष्टर्न क्रिकेट एकेडेमी बुटवल र एन सि ए नेपाल काठमाडौं छन् । त्यस्तै हिमालय क्रिकेट एकेडेमी काठमाडौं, बालुवाटार क्रिकेट क्लब काठमाडांै, स्याङजा क्रिकेट क्लब स्याङजा, एन्जल हर्ट स्पोट्स एकेडेमी काठमाडौं, नेपाल अन्नपुर्ण युथ क्लब रौटहट, नेक्सस बी र काठमाडांै क्रिकेट ट्रेनिङ सेन्टर छन् ।

विजेताले १ लाख ११ हजार प्राप्त गर्ने छ । उपविजेतालाई ७५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा हरेक खेलमा प्लेयर अफ द म्याच, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट खेलाडी र उदीयमान ब्यक्तिगत विधागत अवार्ड प्राप्त गर्ने छ । टि२० शैलीमा लिग कम नकआउट का आधारमा संचालन हुने उक्त प्रतियोगिता हरेक दिन दुई खेल हुने छन् । सहभागी टिमहरुलाइ ४ समूहमा विभाजन गरिने छ । यू१६ उमेर समूहको प्रतियोगिता भएकाले २०६१ साल फागुन ३० गते भन्दा पछि जन्म भएको प्रमाण खुल्ने जन्म दर्ता वा कक्षा ८ को प्रमाण पत्र वा एस इ इ को प्रमाणपत्र लगाएत सरकारी कागजपत्र लाई आधार मानिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया