श्रीमानसँगै होटलमा बसेकी महिला भेटिइन् मृत

कैलाली । धनगढीमा श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला परेकी छन्। कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी कमला रोकाया बिहीबार मृत फेला परेकी हुन्।

धनगढी ३ को सौराइ होटलमा भुइँमा सुतेको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

उनका अनुसार ती महिला भारतको पन्जाबमा बस्दै आएकी थिइन्। जग्गासम्बन्धी काम भएकाले उनी धनगढी आएकी थिइन् ।

उनको मृत्युपछि श्रीमान सुर्जल रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना शंकास्पद रहेकोले विशेष तरिकाबाट अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया