सलमान र जोनका चलचित्र जुध्दै

मुम्बई । बलिउड अभिनेता सलमान खान र अर्का अभिनेता जोन अब्राहमका चलचित्र जुध्ने भएका छन् । खास गरी बलिउडमा इद पर्व भन्नेबित्तिकै अभिनेता सलमानसँग जोडिएर आउँछ । उनका हरेक वर्षको इदमा चलचित्र सार्वजनिक हुने गरेका छन् । यो समयमा प्रायः बलिउड निर्माता आफ्ना चलचित्र सार्वजनिक गर्न हच्किन्छन् । तर, यसपटक भने अभिनेता सलमानलाई अर्का अभिनेता जोनले कडा चुनौती दिएका छन् । जोन अभिनीत चलचित्र ‘सत्यमेव जयते २’ पनि इदमा सार्वजनिक हुने तय भएको छ ।

यो चलचित्रको सार्वजनिक मिति एकदिन अगाडि पोष्टपोन्ड गरिएको छ । यो चलचित्र अब मेको १३ तारिखबाट सार्वजिनक हुने भएको छ । चलचित्रको सार्वजनिक नयाँ पोस्टरमा जोनलाई दोहोरो भूमिकामा प्रस्तुत गरिएको छ । पोस्टरका कारण दर्शकमा यसले निकै उत्सुकता थपेको छ । चलचित्रलाई मिलाप मिलन जाभेरीले निर्देशन गरेका हुन् । यो चलचित्रको पहिलो सिरिजले पनि दर्शकको उल्लेख्य माया पाएको थियो । यसैले, यसको दोस्रो सिरिजलाई लिएर अभिनेता जोन निकै उत्साहित देखिएका छन् । अभिनेता सलमान अभिनीत चलचित्र ‘राधे’ लाई प्रभु देवाले निर्देशन गरेका हुन् । बक्सअफिसमा जोन र सलमानको भिडन्त रोचक हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया