निरुता ‘दर्पणछाँया पछि’ मा

काठमाडौं । अभिनेत्री निरुता सिंह चलचित्र ‘दर्पणछाँया पछि’ मा देखिने भएकी छन् । आजकल मुम्बई बस्दै आएकी निरुता केही दिनअघि आयोजना भएको १०औं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी थिइन् । यही मेसोमा उनी अहिले ‘दर्पणछाँया पछि’ मा अभिनय गर्ने तयारीमा जुटेकी छन् ।

निरुताका साथै यो चलचित्रमा अभिनेताद्वय दीलिप रायमाझी र उत्तम प्रधानको मुख्य भूमिका रहने जनाइएको छ । अभिनेता उत्तमले निर्देशन गर्ने यस चलचित्रमा ‘दर्पण छायाँ’ सकिएको कथादेखि नै सुरु हुनेछ । चलचित्रको कथा पनि उत्तमले नै तयार पारेका हुन् । यो चलचित्र उत्तम र निरुताले मिलेर निर्माण गर्न लागेको हुन् । नेपाली चलचित्रमा अभिनेत्री निरुता १२ वर्षपछि ‘नाईं नभन्नू ल ५’ मार्फत अभिनयमा फर्किएकी थिइन् । त्यसपछि उनले ‘दाल भात तरकारी’ अभिनय गरेकी थिइन् । अभिनेत्री निरुताले ‘दर्पण छायाँपछि’ चलचित्र अभिनयमा आफ्नो वास्तविक कमब्याक हुने जिकिर गरेकी छन् ।

प्रतिक्रिया