सर्वोत्तम सिमेन्टको सेयर रजिष्टार नियूक्त

काठमाडौं । सर्वोत्तम सिमेन्टले साधारण सेयर (आइपीओ) निष्कासन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । यस्तै कम्पनीले सहायक बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सिमेन्टले पहिलो पटक बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्न लागेको हो । आइपीओको सेयर मूल्य संस्थागत लगानीकर्ताको लागि प्रतिकित्ता ७ सय ५० रूपैयाँ र सर्वसाधारणलाई ७ सय ५० को १० प्रतिशत कम गरेर ६ सय ७५ रूपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया