शोधनान्तर बचत २७ अर्बले घट्यो

काठमाडौं । शोधनान्तर बचत माघमा २७ अर्ब ५६ करोड रुपैयाँले घटेको छ । आयात बढ्न थालेपछि मुलुकबाट रकम बाहरिन क्रमसगै शोधनान्तर बचत घटेको हो । कोभिड–१९ को प्रभावले आर्थिक कारोबार सुस्त बनेपछि गत पुससम्म शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९४ करोड रुपैयाँ बचतमा थियो । पुससम्म आयात गत आर्थिक वर्षको ६ महिनाको तुलनामा ४ दशलमव ८ प्रतिशत कम थियो । तर, माघमा आयातमा भएको उल्लेख्य वृद्धिले शोधनान्तर स्थितिमा चाप परेको हो ।

सात महिनामा आयात शुन्य दशमलब ०१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबर वस्तु आयात भएका छन् । यो परिमाण गत बर्षको सात महिनाकै हाराहारी हो । सात महिनामा निर्यात बढे पनि अघिल्लो वर्षको तुलनामा वृद्धिदर निकै कम रहेको छ । यो अवधिमा ७ दशमलव ६ प्रतिशतले निर्यात बढेको छ । तर, अघिल्लो वर्ष यहीँ अवधिमा निर्यात २२ दशलमव ४ प्रतिशतले बढेको थियो ।

पुसको तुलनामा रेमिट्यान्स भित्रिने क्रममा पनि खासै ठूलो फरक देखिएको छैन । राष्ट्र बैंकका अनुसार सात महिनामा रेमिट्यान्सको वृद्धिदर १० दशमलव ९ प्रतिशत रहेको छ । यो वृद्धिसँगै सात महिनामा ५ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो । गत वर्षको भन्दा कम वृद्धिदरसहित विदेशी मुद्रा सञ्चिति ७ महिनामा ६ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको २२ प्रतिशत रहेको वृद्धिदर यो वर्षको सात महिनामा ५ प्रतिशतको हाराहारी छ । गत कात्तिक सम्म १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको विनिमय सञ्चिति घट्न थालेको छ । समीक्षा अवधिसम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति ४४ अर्ब रुपैयाँसम्म घटिसकेको छ ।

मंसिरदेखि यो सञ्चितिमा कमी आउँदा पनि पुसमा बढेको थियो । तर, माघसम्म आइपुग्दा विनिमय सञ्चिति घटेर १४ खर्ब ६२ अर्ब पुगेको छ । यो सञ्चिति १३ महिना १ दिनको वस्तु आयातलाई मात्र धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । यसैविच उपभोग्य वस्तुको मूल्य अकासिएको छ । बैंकका अनुसार २०७७ माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुल्यवृद्धि २ दशलमव ७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुल्यवृद्धि ६ दशलमव ८७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुल्यवृद्धि ३ दशलमव शुन्य २ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुल्यवृद्धि २ दशलमव ४४ प्रतिशत रहेको छ ।

२०७६ माघको तुलनामा २०७७ माघमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तु र उपसमुहको मूल्यवृद्धि क्रमशः १८ दशलमव ८४ प्रतिशत, १८ दशमलव १४ प्रतिशत, १० दशलमव ४१ प्रतिशत र १० दशलमव ४० प्रतिशत रहेको छ ।समीक्षा म हिनामा काठमाडौं उपत्यकामा २ दशलमव १२, तराईमा २ दशलमव ७८,पहाडमा ३ दशमलब ३० र हिमालमा २ दशलमव शुन्य ५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ माघमा यी क्षेत्रहरुमा क्रमशः ७ दशमलव ५८, ७ दशलमव २९, ५ दशलमव ४६ र ५ दशमलव २८ प्रतिशत मुल्यवृद्धि थियो ।

२०७७ माघमा वार्षिक बिन्दुगत थोक मुल्यवृद्धि ६ दशलमव १२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुल्यवृद्धि ७ दशलमव १३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८ दशलमव ४१, ५ दशमलव ३३ र ३ दशमलव ३९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया