नेपाल समूहको राष्ट्रिय भेलाप्रति ओली समूहको कडा आपत्ति

काठमाडौं । नेकपा (एमाले) को माधवकुमार नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलाप्रति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आपत्ति जनाएको छ । नेपाल समूहले बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय भेलाबारे ध्यानाकर्षण भएको जनाउँदै महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा उनले नेकपा (एमाले) ले कुनै पनि भेला आयोजना नगरेको भन्दै नेपाल समूहले जारी गरेको भेलाबारेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘यस्तो अनाधिकृत गुटगत भेला नगर्नरनगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटगत भेलामा सहभागी नहुन नेकपा (एमाले) सबै नेता–कार्यकर्ताहरुलाई विशेष निर्देशन गर्दछ,’ उनले चेतावनी दिँदै भनेका छन्, ‘अन्यथा, मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावलीबमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ ।’

प्रतिक्रिया