विराटनगर । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले मापदण्ड विपरीत उद्योग तथा व्यवसाय सञ्चालन गर्ने ३० वटा उद्योग तथा व्यापारी फर्मलाई कारबाही गरेको छ । चालुु आव ०७७/७८ को विगत आठ महिनाको अवधिमा उद्योग तथा फर्म कारबाहीमा परेका हुुन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा कार्यालयले विराटनगरमा सोमबार आयोजना गरेको कार्यक्रममा सो कुुराको जानकारी गराएको हो ।
कार्यालयले करिब ५० हजारका म्याद गुुज्रेका खाद्यपदार्थसमेत नष्ट गरेको छ । कारबाहीमा परेका फर्महरूबाट जरिवानावापत साढे १२ लाख रुपैयाँ संकलन गरेको कार्यालय प्रमुुख सन्तोष पोखरेलले बताए । कार्यालयका अनुुसार सो अवधिमा १ सय २१ पसल तथा उद्योगहरूको अनुुगमन भएका थिए । यसैगरी सो अवधिमा १४ सय ३४ नया फर्म दर्ता भएका छन् भने १६ सय ६३ फर्म नवीकरण भएका छन् । त्यस्तै कार्यालयले आठ महिनामा ९५ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यक्रममा मोरङका प्रमुुख जिल्ला अधिकारी कोषहरि निरौलाले समान खरिदगर्दा उपभोक्ताहरू आफैं सचेत हुुनुुपर्नेमा जोड दिए । उनले पर्याप्त मात्रमा अनुुगमन हुुन नसक्दा अझै पनि मापदण्ड विपरीत उपभोग्यलगायत वस्तुुहरू बिक्री भइरहेका छन् भन्दै त्यस्ता म्याद गुुज्रिएका अखाद्य वस्तुुहरू बिक्री गरेको फेला परे तुुरुन्त आपूmहरूलाई खबर गर्नसमेत आग्रह गरे । कार्यक्रममा कार्यालय प्रमुुख पोखरेलले कार्यालयले विगत आठ महिनामा गरेको कामको समीक्षा प्रतिवेदन पेस गरेका थिए । सो अवसरमा उपभोक्ता हितका लागि कलम चलाउने ब्लास्ट तथा हाम्रो मत दैनिकका पत्रकार अनिल श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो । कार्यालयले मोरङ, झापा, सुुनसरी, पाँचथर, धनकुुटा तथा इलाम जिल्लामा आफना सेवा प्रभाह गर्दै आएको छ ।
प्रतिक्रिया