मालपोत कार्यालयमा बम बिस्फोट प्रकरण : सिसिटिभी फुटेजको आधारमा एक जना पक्राउ

सिरहा । आईतबार दिउँसो सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराउने शंकास्पद व्यक्ति पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहा र सशस्त्र प्रहरी बेस क्याम्प सुखिपुरको सँयुक्त टोलिले सिसिटिभी फुटेजको आधारमा उनलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेमा लहान नगरपालिका १८ भदिया गाउँ बस्ने अन्दाजी बर्ष २६ का बलराम मण्डल रहेका छन् । उनलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दिपेश गिरीका अनुसार, आईतबार दिउँसो करिब १ बजेको समयमा लहान मालपोत कार्यालयमा भएको बम विस्फोटपछि सशस्त्र प्रहरी सिरहाले सिसिटिभी फुटेज हेरेर जिल्ला सिमानाकादेखी गाउँ गाउँ निगरानी बढाएको थियो ।सिसिटिभी फुटेजको आधारमा खोजगर्दै गर्दा उनलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडी बढाएको थियो । भारत जाने क्रममा सिरहाको सुखिपुर नगपालिकास्थितबाट पक्राउ गरिएको जनाईएको छ ।उनलाई अहिले केही बेरमै नेपाल प्रहरीलाई जिम्मा लगाउने एसपी गिरीले जानकारी दिए ।

प्रतिक्रिया