प्रवास

मृगौला पीडित भूमिसरालाई अमेरिका बस्ने नेपालीको सहयोग

सौर्य अनलाइन २०७७ चैत २ गते १४:४४ मा प्रकाशित

काठमाडौं । रोल्पा माडी गाउँपालिका ६ निवासी विगत लामो समयदेखी दुवै मृगौलाले काम गर्न छाडेर उपचार गराइरहेकी भूमिसरा घर्ती मगरको उपचारमा सहयोग गर्न अमेरिका बस्ने नेपालीहरुले सहयोग गरेका छन्। अमेरिकाको टेक्सासमा बस्दै आएका नेपाली कमल थापा, याशिका बाँठा र इन्द्रेणी कल्चर एशोसिएसनको पहलमा संकलित ७९ हजार ८ सय ९० रुपैयाँ बिरामी भूमिसरालाई हस्तान्तरण गरिएको हो। गायत्री नेशनल हस्पिटल घोराहीमा उपचाररत भूमिसरालाई सोही ठाउँमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको थियो।

अमेरिका बस्ने कमल थापाको पहलमा एनिता राई, निरा निरौला, भावना भण्डारी, यशोदा चौलागाई, हरी कोइराला, सुरेन्द्र राम, विष्णु कँडेल, भिमसेन प्रधान, आशा क्षेत्री, रमा पोखरेल, अशोक यादव, प्रभा विष्ट, यशोदा थापा र इन्द्रेणी कल्चर एशोसिएसनको पहलमा दिलिप सुवेदी, देव शर्मा, रुपक खड्का, गोकर्ण दाहाल, शुसील क्षेत्री, जीवराज बुढा, हेमन्त गेलाल, जीवन गोषी, तेज अर्याल, नेत्र पाण्डे, जनक रानाले सहयोग गरेका थिए।

दुबै मृगौलाले काम गर्न नसकेपछी बिगत लामो समयदेखी भूमिसराले प्राकृतिक उपचार गर्दै आएकी छिन। कमजोर आर्थिक अवस्था भएका कारण निरन्तर उपचार गर्न समस्या भएकाले उपचारमा सहयोग गर्न बिरामी भूमिसराले अनुरोध समेत गरेकी छिन। उनले भनिन, ‘नियमित उपचारका कारण मैले आर्थिक अभाब झेल्नु परिरहेको छ। यहाँहरुको सहयोगले उपचारमा केही सहज हुने नै छ। साथै थप उपचारका निम्ती थप सहयोग आवश्यक पर्ने भएकोले सहयोग गरिदिनुहुन अनुरोध गर्दछु।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय