फिदिम नगरका विकास निर्माणसहितको प्रगतिविवरण वडाहरुकोे सार्वजनिक सनुवाई

पाँचथर । फिदिम नगरपालिकाले वडा नम्बर ७ र ८ को शनिबार किास निर्माणसहितको प्रगती विवरण सार्वजनिक सुनुवाइ गेको छ ।फिदिमको घुमाउनेटारमा रहेको स्वास्थ्य चौकीमा सरोकारवालामाझ सार्वजनिक सुनवाई सम्पन्न भएको हो ।

दिव्यवाणी मिडिया हाउस प्रालिको आयोजना तथा फिदिम नगरपालिकाको आर्थिक सहयोगमा उक्त सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको नगर प्रेस सल्लाहकार जितेन्द्र भण्डारीले जानकारी दिए । फिदिम नगरपालिका– ७ र ८ को आव २०७७–०७८ को पहिलो र दोस्रो चौमासिकको सार्वजनिक सुनवाई गरिएको हो ।

उक्त सार्वजनिक सुनवाई कार्यक्रममा फिदिम नगरपालिकाबाट अहिलेसम्म भएको प्रगती विवरणबारे फिदिम नगरपालिकाका इन्जिनियर प्रेम काफ्ले, फिदिम ७ का वडासचिव नइन्द्र राई, वडा न.८ की वडासचिव कल्पना अधिकारीले वडाको अहिलेसम्मको प्रगती विवरण सार्वजनिक गरेका हुन् । उक्त सुनुवाइमा दुवै वडा र नगरबाट गरी अहिलेसम्म ७० प्रतिशत बढी आयोजनाको काम सकिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै कालिका माविका प्रअ गुरुप्रसाद. बास्कोटाले विद्यालयमा आएको भौतिक पूर्वाधार विकासको काम विद्यालय ब्यवस्थापन समितिले नै बनाउनुपर्ने जोड दिए । उनले फरफारक पनि समितिबाटै गर्न पाउनुपर्ने मागसमेत गरे । वडाबाट गरिने सिफारिस दस्तुरको रकम पुनरोवलकन गर्नुपर्ने माग उनको थियो ।

यस्तै दलबहादुर धमलाले अहिलेसम्म वडामा ७० प्रतिशत काम सकिएकोप्रति खुशि व्यक्त गर्दै योजनाको काम छिटो र छरितो चुस्तदुरुस्त ढंगबाट हुनुपर्ने बताए । यस्तै अहिले पनि वडामा नागरिकतामा उमेर बिग्रिएर जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिन नपाइरहेको भन्दै यसका लागि सम्वन्धित निकायको ध्यानकर्षण गराए ।

यस्तै स्थानिय मनबहादुर तामाङले फिदिम ७ र ८ को सीमा समायोजन प्रक्रिया गर्नपर्ने बताए । अहिले पनि साविक रानीटार गाविसका ३ न. वडा अहिलेको फिदिम ७ मा जाने र साविकको ७ वडा न.८ मा जान खोजिरहेको भन्दै यो सीमा समायोजन तत्कालन गरिदिन वडा र नगरसमक्ष उनले आग्रहसमेत गरे ।

यसैगरी विरेन्द्र बास्कोटाले अहिलेसम्म वडाको भवनको तला किन थपिएन् ?,बजेट विकाश योजनामा लगाउँदा कनिका छरेजस्तो मात्रै आएको किन उपलब्धीमूलक ठोस बजेट आउन सकेन् नगरबाट वडामा आएका कुन–कुन ४ वटा योजना सम्झौता हुन् बाँकी रहेको हो भन्दै प्रश्न गरेका थिए । यस्तै वडाबाट गरिने सिफारिस दस्तुर नागरिकलाई बढी लिएको भन्दै घटाउनुपर्ने, गोठ सुधारको लागि सिफारिस मात्रै लैजाने कोटा थोरै दिनेजस्ता प्रश्न, जिज्ञासा र गुनासो जनप्रतिनिधीहरुलाई गरेका थिए ।

यसैगरी सूर्य अधिकारीले फिदिम नगरपालिका योजना र लेखा शाखाको काम चुस्तदुरुस्त हुनुपर्ने, वडाको प्रगति विवरण राम्रो भएको बताएका थिए । कार्यक्रममा सहभागिहरुको सवालजवाफमा वडा अध्यक्षहरु, फिदिम नगरपालिका प्राविधिक प्रमुख इन्जिनियर प्रेम काफ्ले, फिदिमनगरपालिका प्रमुख प्रशासकिय अधिकृत अम्बिका प्रसाद अधिकारी,उपमेयर उर्मिला प्रधान, मेयर ओनाहाङ नेम्वाङ लगायतले जवाफ दिएका थिए ।

कार्यक्रममा बोल्दै फिदिम नगर प्रमुख नेम्वाङले नगरको विकाश समृद्धिको यात्रामा लागेको आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई भ्रष्टाचार गर्न न्यूनिकरण गर्न प्रयास गर्ने बताए । प्रमुख नेम्वाङले वडा कार्यालय बरबोटे सल्लेरी बाझोगरा जाने बाटो वडा न. ७ को स्थलगत निरीक्षणमा काम सन्तोषजनक रहेको भन्दै यो बाटोलाई अर्को वर्षका लागि २० लाख रुपैयाँ रकम थपिदिएको बताए ।

यसैगरी फिदिम नगरपालिकाकी उपमेयर उर्मिला प्रधानले वडा कार्यालय बरबोटे सल्लेरी बाझोगरा जाने बाटो वडा न. ७ को स्थलगत अनुगमन निरीक्षण पश्चात यो सडकको काममा सुधार गर्नुपर्ने भएको हुँदा काम सके पश्चात मात्रै फरफारक हुने बताइन् । प्रमुख प्रशासकिय अधिकृत अम्बिका प्रसाद अधिकारीले अरुलाई मात्र दोष देखाउनुभन्दा आफू पहिल्यै सच्चिनुपर्ने बताए ।

सुशासन जवाफदेहिता, उत्तरदायित्व र पारदर्शिता लाई आत्मसात गर्दै सार्वजनिक सुनवाई कार्यक्रम गरिएको बताउँदै अधिकारीले अब नगरबाट गर्न बाँकी रहेका सबै योजनाहरु सम्झौता हुन नसक्ने बताए । अब सम्झौता मात्रै गरिरहने, त्यसको अनुगमन, निरीक्षण चाहीँ गर्न नपर्ने भन्दै अब बजेट फ्रिज होस् तर अब सम्झौता हुन नसक्ने बताए ।

कार्यक्रममा फिदिम नगरपालिकाकाका प्राविधिक शाखा प्रमुख प्रेम काफ्लेले अध्यारोमा रुखमा झटारो हान्दा त्यहाँबाट फल झर्छ कि झर्दैन भनेर हानीदिने मात्रै गरेको भन्दै कुन योजनामा दुख दिएको,भुक्तानी दिन ढिलाई गरेको जस्ता समस्या भए प्रष्ट राख्न आग्रह गरे ।

यस्तै फिदिम नगरप्रमुखका प्रमुख सल्लाहकार तथा नेपाली कांग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगुले नगरवासीको इच्छा चाहाना बमोजिम निरन्तर काम गरिरहेको बताए । तालिमको सहजीकरण दिव्यवाणी मिडिया हाउस प्रालिका अध्यक्ष जितेन्द्र भण्डारीले सञ्चालन गरेका थिए । फिदिम नगर वडा ८ का वडाध्यक्ष शेर बहादुुर नेम्वाङकोे अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया