ग्लोबलआइएमई बैंकको डिबेन्चर जारी

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारबाट ऋणपत्र जारी गरेको छ । बैंकले बार्षिक साढे ८ प्रतिशत ब्याजको ऋणपत्र जारी गरेको हो। ऋणपत्र आर्थिक बर्ष २०८६÷८७ मा परिपक्व हुने छ। बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । अंकित मूल्य एक हजार रुपैयाँ दरको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाखकित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने छ । बाँकी १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने छ ।

सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा ४ चैतमा र ढिलोमा १६ चैत सम्म हुने छ । बैंकले यसअघि आर्थिक बर्ष २०८०÷८१ मा परिपक्व हुने ऋणपत्र जारी गरेको थियो । त्यो ऋणपत्रको आकार डेढ अर्ब रुपैयाँको थियो ।

प्रतिक्रिया