तैरिएको अवस्थामा पुरुषको शव फेला

गोदावरी । कैलालीको गोदावरी नगरपालिका–५ गेटामा एक पुरुषको शव फेला परेको छ । धनगढी–अत्तरिया सडक छेउको नालामा पानीमा तैरिएको अवस्थामा अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा फेला परेका उनी कञ्चनपुरको भीमदत्त नगपालिका–५ का मोहनबहादुर चन्द रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

मृतकको साथमा भेटिएको सवारी चालक अनुमतिपत्रको आधारमा शवको सनाखत भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए । आज बिहान स्थानीयले नालामा तैरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया