लागुऔषध नियन्त्रणमा कठोर कदम चाल्दै प्रहरी

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले जिल्लामा लागुऔषध नियन्त्रणमा कठोर कदम चाल्दै आएको जनाएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय मुगुमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले अब प्रहरीले लागुऔषध नियन्त्रणमा यस्तो नीति अवलम्वन गरिएको बताए ।

पछिल्लो समयमा जिल्ला सदरमुकाम गमगढीस्थल तथा हवाई मार्गको प्रयोग गर्दै लागुऔषध भित्र्याईने गरिएको सूचना प्राप्त भएकाले अब प्रहरीले जिल्लालाई लागुऔषधबाट जोगाउन चेकजाँचमा कडार्ई गर्ने र यस्ता खाले मुद्दामा कसैलाई क्षमा नगर्नेे र लागुऔषध नियन्त्रणमा कठोर कदम चाल्दै आएकोे प्रहरी नायव निरिक्षक भट्टराईले बताए ।

लागुऔषधका ६ मुद्दा दर्ता

गत साउनबाट यता नेपाल प्रहरीले लागुऔषध सम्वन्धमा ६ वटा मुद्दा चलाइरहेको छ । जिल्लामा युवायुवतीहरु पछिल्लो समयमा चरेश, ब्राउनसुगर र ट्याब्लेट जस्ता लागुऔषध दुर्व्यसनीमा फस्दै गएपछि लागुऔषध सेवन र ओसारपसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरीहरु सक्रियरुपमा खटिएका हुन् । उनीहरुलाई लागुऔषध नियन्त्रणमा शून्य–सहनशीलता अपनाउन निर्देशन दिईएको नायव उपरीक्षक भट्टराईले बताए ।

आफू आएपछि मात्र जिल्लामा ६ वटा लागुऔषधका मुद्दा दर्ता भएको उनले जिकिर गरे । लागुऔषध सेवनकारी र कारोबारी बढ्दै गएपछि प्रहरी कठोररुपमा प्रस्तुत भएको र दिनरात नभनि नाका–नाका र शंकास्पद स्थानमा चेकजाँच बढाएको पनि प्रहरीले दाबी गरेको छ ।

विगतका वर्षहरुमा भन्दा अहिले प्रहरीले सकारात्मक काम गर्दै गएको र युवाहरुलाई दुव्र्यसनीबाट बचाउन सक्रियता बढाएको भन्दै नेपाल पत्रकार माहासंघका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले प्रहरीको प्रसंशा गरे ।

विगतमा मुगुमा लागुऔषधको कारोबार शून्य हुने गरेपनि गाडी र हवाईजहाजको सहजतासँगै लागुऔषधका नयाँ–नयाँ प्रकार भित्रिएकाले अझै सुरक्षा निकायले जिल्लामा भित्रने मालबाहक, यात्रुवाहक र हवाई जहाजमा जाँच बढाउनु पर्र्ने पत्रकारहरुले प्रहरीलाई आग्रह गरे ।

४८ जना कारागार चलान

६ महिनामा जिल्ला प्रहरी कार्यालयमा ३८ वटा मुद्दा दर्ता भएका छन । यो अवधीमा ७२ जना प्रतिवादी विरुद्ध मुद्धा चलाईएको छ भने मुद्दा चलाईएका मध्य ४८ जनालाई पक्राउ गरि कारागार चलान गरिएका र प्रतिवादी ६ जना र धरौटी तारेकमा ४३ जना रहेको प्रहरीको रेकर्डमा देखिन्छ ।

दर्ता भएका ३८ मुद्दाहरुमा कर्तव्य ज्यानमा १, ज्यान मार्ने उद्योग ४, आत्महत्या दुरुत्सान १, अपहरण बन्धक १, जजक १, भबितव्य ज्यान २, लागुऔषध ६, अभद्र व्यवहार ७, बहुविवाह १, जबरजस्ती करणी ३, सवारी भव्यतव्य ४, ज्यानसम्वन्धी १, आत्महत्या १ र विष खाएर आत्महत्या १ रहेका छन् ।

यस्तै, यो ८ महिनामा ठाडो उजुरी ११३ परेकोमा १०६ वटा उजुरी फस्यौट भएका ७ उजुरी फस्यौटको प्रक्रियामा रहेको पनि प्रनाउ भट्टराईले जानकारी दिए ।

प्रभावकारी बन्दै समुदाय–प्रहरी साझेदारी

समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत विभिन्न विषयमा ३०१ कार्यक्रमहरु गरेर जनसमुदायहरुलाई जनचेतना दिने काम पनि प्रहरीले गरेको छ । जनसमुदाय पहिले प्रहरीभन्दा डराउने तर्सिने, सूचना दिन आनाकानी गर्ने गर्थे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु भएपछि जनसमुदाय र प्रहरीबीचको सम्बन्धमा सुधार आएको छ । अहिले प्रहरी गाँउमा पुग्दा सहयोग गर्ने, सूचना दिने गरिन्छ । यी सबै प्रहरीको आचरणमा सुधार, समुदायका लागि प्रहरी हो भन्ने बुझाउँदै जाँदा र स्थानिय सरकारले स्थानिय क्षेत्रमा गर्ने काम कारवाहीमा समन्वय र सहकार्य गर्दा प्राप्त भएका उपलब्धी भएको प्रनाउ भट्राईले बताए ।

६ महिनामा २९ घरमा क्षेति

प्राकृतिक प्रकोपबाट साउन यता जिल्लामा १ करोड २४ लाख २७ हजार बराबरको धनमालको अनुमानित क्षति भएको प्रहरीले जनाएको छ ।
जसमा घर २९, गोठ १ रहेको र मानविय क्षति २ जनाको मृत्यु भएको पनि प्रहरीले प्रस्तुत गरेको कार्यसम्पादन प्रतिवेदना उल्लेख गरेको छ ।

आन्तरिक शुद्घिकरण अभियान

प्रहरी सेवालाई जनमुखी र प्रभावकारी बनाउन प्रहरी संगठन भित्र आन्तरिक शुद्घिकरण अभियान पनि चलाईएको छ । यो अभियानअन्तर्गत प्रहरी आचरण विपरित काम गरेका २ जनालाई प्रहरी नियमावली अनुसार कारवाही गरेको र उत्कृष्ट काम गर्ने ११ जना प्रहरी कर्मचारीहरुलाई कार्यालय प्रमुखबाट पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रतिक्रिया