अकोराव गण्डकी प्रदेशको उपाध्यक्षमा शितल शर्मा

काठमाडौं । सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) गण्डकी प्रदेशको उपाध्यक्षमा गायिका तथा सञ्चारकर्मी शितल शर्मा निर्वाचित भएकी छन् । बिहीबार केन्द्रिय राजधानी काठमाडौंमा सम्पन्न भएको उक्त अकोरावको सातौँ राष्ट्रिय अधिवेशनमा रेडियो ढोरपाटनबाट शर्मा निर्वाचित भएकी हुन् ।

त्यस्तै, अध्यक्ष पदमा गणेश श्रेष्ठ चयन भएका छन् । थ्री एञ्जल रेडियोका स्टेशन म्यानेजर श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको अकोरावले जनाएको छ । सो अधिवेशनमा सचिवमा रोशन तिवारी, कोषाध्यक्षमा शेखर थापालाई चयन गरिएको छ ।

साथै, अन्य सदस्यहरुमा हरिशरण पण्डित, शिवकुमार श्रेष्ठ र घनश्याम गौतम चयन भएको बताइएको छ । यसैबीच, अकोरावको केन्द्रीय अध्यक्षमा रेडियो तुलसीपुरका स्टेशन म्यानेजर अर्जुन गिरी निर्वाचित भएको अकोरावले जनाएको छ ।

उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मी शितल शर्माले आफूमाथि थप जिम्मेवारी थपिएकाले आफ्नो कार्यकालको अवधीमा संस्थालाई थप मर्यादित बनाएर अघि बढाउने बताइन् ।

उनि समाजसेवाको काममासमेत सक्रिए हुँदै आएकी छन् । शर्मा राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको सदस्य एवं  अनामनगर समितिकी संयोजकसमेत हुन् ।

प्रतिक्रिया