भिरबाट लडेर महिलाको मृत्यु

प्युठान । प्युठानमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। विहिवार साझ झिमरुक गाउँपालिका वडा नं ७ की २८ वर्षिय सुशीला कवरको सोही स्थानको सालामेला रामपानी भिरबाट अन्दाजी २०० मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

सुशीलालाई बचाउन खोज्दा उनका श्रीमान ३३ वर्षिय नारायण कवर घाईते भएका छन् । घाईते नारायणलाई उपचारका लागि प्युठान अस्पताल विजुवारमा पठाईएको सुचना अधिकारी गैरेले बताए । घट्नाको थप विवरण आउन बाकी रहेको समेत सुचना अधिकारी गैरेले बताए । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी हिजो नै घटनास्थल पुगेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया