इन्भेष्टमेन्ट बैकको नयाँ एप

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले बैंक अन अस इन्डियासँगको सहकार्यमा ‘पैसा पठाउने’ एप सुरु गरेको छ । यसले भारतमा रहेका नेपालीलाई सजिलो हुने बैंकले जनाएको छ । भारतमा रहेका नेपालीहरुले मोबाइलबाटै चौबीसै घण्टा नेपालमा पैसा पठाउन सक्नेछन ।

नेपाली आप्रवासी र त्यहाँस्थित नेपालीले यो सुविधा प्रयोग गर्न पाउनेछन । पैसा पठाउने एप द्रुतगतिको, सुरक्षित र कम लागतयुक्त भएको बैंकले जनाएको छ । भारतमा बैंक विदा हुँदा पनि यो एपबाट पैसा पठाउन सकिनेछ । त्यसका लागि ग्राहकले सुरुमा प्रयोगकर्ताले भारतबाट पैसा पठाउनेको सूचनासहित एकपटक दर्ता गर्नुपर्छ । त्यसपछि नेपालमा पैसा पाउनेको सूचनासहित एकपटक दर्ता गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसपछि भारतीय बैंकमा रहेको खाताबाट यो एपमा पैसा ट्रान्सफर गर्नुपर्छ । अनि मात्रै इच्छाएको व्यक्तिलाई पैसा पठाउन सकिने बैंकले जनाएको छ ।

पैसा पठाउने एप डिजिट मोबाइल भुक्तानी प्लेटफर्म हो । यसलाई रिजर्व बैंक अफ इन्डियाले अधिकार दिएको छ । यो एपले बीएचआईएम, यूपीआई, गुगल पे, फोनपे, पेटीएम, ह्वाट्सएप पे, भारतपे र एनईएफटी÷आईएमपीएसले जस्तै कारोबार गर्न पाउँने बैकले जनाएको छ ।

प्रतिक्रिया