अछाममा बजाजको सोरुम

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अछाममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘शुभेच्छा ट्रेडर्स एन्ड सप्लायर्स’ संचालनमा ल्याएको छ । बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले अछाममा शोरुम सञ्चालनमा ल्याएको हो । बजाजले शुभेच्छा ट्रेडर्स एंड सप्लायर्स, अछामका प्रोपराइटर भरत खड्कालाई डिलरसिप प्रदान गरेको छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको जनाएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पु¥र्याउने प्रयास गरिरहेको छ । नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले नयाँ शोरुम संचलान गर्न पाउदा खुसी लागेको बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया