फोर्डको ईकोस्पोर्ट एसई गाडी बजारमा

काठमाडौ । नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ.अटोमोवाईल्सले ईकोस्पोर्ट एसई पेट्रोल गाडी बजारमा ल्याएको छ । यसको बजार मुल्य ४७ लाख ५० हजार रुपैया रहेको छ । फोर्ड ईकोस्पोर्ट एसईको साथ ग्राहकले आफ्नो रोजाई अनुसार ईकोस्पोर्ट खरीद गर्दा पछाडि राखिएको जगेडा चक्का सहित वा बाहेक दुबै विकल्प छनोट गर्न सक्नेछन । यसमा सजिलै प्रयोग गर्न सकिने पंचर किट राखिएको छ । जसले ग्राहकलाई केही मिनेटमै गाडी पंचर मर्मत गर्न सहयोग पु¥याउने र चक्का बदलि राख्नुपर्ने झन्झटलाइ हटाउने कम्पनीले जनाएको छ ।

यस्को नयाँ भेरियन्टमा डिजाईन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभ लिईएको छ । यसमा पछाडि राखिने जगेडा चक्का हटाइएको छ । फोर्ड ईन्डियाका कार्यकारी निर्देशक विनय रैनाले फोर्ड ईकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिंक –३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाईमा पु¥याउने बताएको पनि विज्ञप्तिमा उल्ल्ेख छ ।

यसमा बोल्ड लुक्स र ग्रील, १६ ईन्च एलोई व्हीलस्, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ । यसले एसयुभी भेरियन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ । ईकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पंचर मर्मत गर्न सकिने सुविधा प्रदान गर्नेे दाबी कम्पनीले गरेको छ । टाइटानियम ईकोस्पोर्टको यस विशेष संस्करणले उच्चतम् प्रविधि र कनेक्टिभिटीको विरासतलाई अघि बढाउँदै फोर्डको प्रसिद्ध सिंक –३ सूचना र मनोरञ्जन प्रर्णालीलाई एप्पल कारप्ले र एन्ड्रोईड अटोसँग एकीकृत गरेको छ ।

प्रतिक्रिया