कर्णाली राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु

कालिकोट । बिहीबार कर्णाली राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका –१  टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो । हाइस दुर्घटना हुदा कालिकोट साबिक भर्ताका जितेन्द्र शाही र नरहरिनाथ गापा लालु का कमल बिक को मृत्यु भएको छ ।

कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका भर्ताका जितेन्द्र शाही र कमल बिक रहेको खुल्न आएको छ । दुर्घटना परि घाइते भएका १४ जना मध्ये २ जना गम्भिर अवस्थाका घाइतेलाई एम्बुलेन्स मार्फत सुर्खेत पठाइएको स्थानीयबासीले बताएका छन् ।

बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट १०० मिटर तल खसेको छ । बसमा २१ यात्री सवार थिए । घाइतेको उद्धार भएको छ । बस विहान ११ बजे टुइकुनामा दुर्घटना परेको हो । माइक्रोबसमा खाँडाचक्र नगरपालिकाका लेखा साहायक धिरबहादुर शाही पनी परेका छन तर, उनी समान्य घाइते रहेको जनाइएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया