‘नेपालकी छोरी’मा अभिनेत्री शुशीला थापाको अभिनय

काठमाडौं । अभिनेत्री अशिश्मा नकर्मीले पनि गायिका भएकी छन् । रंगपत्रकार शान्ति प्रियको शब्द रहेको गीत ‘नेपालकी छोरी’मा उनले स्वर दिएकी हुन् । महाशिवरात्रीको अवसर पारेर गीतको भिडियो सार्वजनिक गरिएको छ ।

भिडियोमा अभिनेत्री शुशीला थापाको अभिनय देख्न सकिन्छ । मनोज चौलागाईको एरेञ्ज, सन्तोष श्रेष्ठको संगीत रहेको गीतको भिडियो राजीब बलामीले निर्देशन गरेका हुन् । मुकेश हुमागाईको छायाँकन, राजीब बलामीको सम्पादन भिडियोमा छ ।

प्रतिक्रिया