रिदम बनिन् मिस ग्लोबल

काठमाडौं । ‘मिस ग्लोबल इन्टरनेसनल नेपाल २०२१’ को उपाधि रिदम घिसिङले हात पारेकी छन् । काजी प्रोडक्सनले आयोजना गरेको सौन्दर्य प्रतियोगितामा उनले उपाधिसँगै दुबईमा आयोजना हुने ‘मिस ग्लोबल इन्टरनेसनल–२०२१’ मा नेपालको प्रतिनिधित्वको अवसरसमेत पाएकी छन् ।

प्रतियोगितामा आलोका जोशी ‘फस्ट रनर अप’ र पलिस्था शाक्य ‘सेकेण्ड रनर अप भइन् । सागरिका श्रेष्ठले सञ्चालन गरेको प्रतियोगिताको निर्णायकमा ‘मिस ग्लोबल इन्टरनेसनल नेपाल’ की नेसनल डिरेक्टर मनिषा डंगोल श्रेष्ठ, सौन्दर्य व्यवसायी रुश्का श्रेष्ठ, ‘मिस कोस्मोपोलिटियन २०१९’ प्रिया रानी लामा, गायिका, संगीतकार तथा रचनाकार अश्रा कुँवर, राइनो नेपाल लेदर क्राफ्ट निर्देशक एलिशा शाह र ‘मिस्टर नेपाल २०१९’ तथा ‘मिस्टर सुपरनेसनल नेपाल २०२१’ सन्तोष उपाध्याय रहेका थिए ।

त्रिलोकविक्रम थापाको संयोजनमा आयोजित प्रतियोगिताको कोरियोग्राफी सुमन खड्का र एसिस्टेन्ट कोरियोग्राफी वर्षा भण्डारीले गरेका थिए । आयोजक संस्थाका प्रबन्ध निर्देशक सुशान्तकाजी श्रेष्ठले सौन्दर्य प्रतियोगितामार्फत अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि प्रतियोगिता आयोजना गरेको बताए ।

प्रतिक्रिया