बित्तिय संस्थाको कर्जा लगानी बढ्यो

काठमाडौं । बित्तिय संस्थाले कर्जा लगानी बढाएका छन । बैंकहरूले पछिल्लो समय निक्षेप संकलनको तुलनामा कर्जा लगानी दोब्बर पु¥याएका हुन । फागुन पहिलो सातामात्रै १८ अर्ब कर्जा प्रवाह गरेको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ । फागुन २१ सम्म कुल कर्जा लगानी बढेर ३३ खर्ब ८८ अर्ब पुगेको छ भने निक्षेप ३८ खर्ब २३ अर्ब रुपैया रहेको संघको तथ्यांकमा उल्लेख छ ।

कर्जा प्रवाह भएको तुलनामा निक्षेप संकलनको ट्रेन हेर्ने हो भने न्यून छ । फागुनमा ३७ अर्ब निक्षेप संकलन भएको छ । फागुन ७ देखि २१ सम्मको अवधिमा बैंकहरुले २४ अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका छन । कर्जा प्रवाहको निक्षेप संकलन न्यून देखिएको छ । बैंकहरूले निक्षेपको ब्याजदर कम दिएसँगै निक्षेपमा लगानीकर्ताहरूको आकर्षण बढ्न सकेको छैन । पछिल्लो समय विकास निर्माणको कामले गतिलिने क्रम बढ्दो छ ।

ब्याज कम भएकै कारण माघदेखि फागुन सम्म निक्षेप संकलनमा खासै उत्साह देखिदैन । बैंकहरूले प्रदान गर्ने न्यून ब्याजका कारण आम निक्षेपकर्ताहरूले बैंकमा पैसा नराखेका हुन । निक्षेप घट्नुको प्रमुख कारण बैंकहरूले दिने न्यून ब्याजदर नै मुख्य कारक तत्वको रुपमा रहेको छ । यसका साथै कतिपयको कोभिडका कारण आयस्रोत घटेको र खर्च बढेका कारणले पनि बचत कम हुँदा निक्षेप घटेको अनुमान गरेका छन् ।

पछिल्लो कोरोना कारण प्रभावित भएका अर्थतन्त्र चलायमान हुन थालेसँगै बैंकहरूमा कर्जाको माग बढ्न थालेको हो । आयात, शेयर बजार एवम् घरजग्गाको कारोबार भएको वृद्धिले बैंकहरूमा कर्जाको माग बढेको हो । बैंकहरुमा निक्षेपमा राख्न न्यून प्रतिफल आउने भएपछि निक्षेपकर्ताले अधिक प्रतिफलका लागि शेयर बजार र घरजग्गा तर्फ पैसा लगाउन थालेका हुन् । मंसिरदेखि नै कर्जाको माघ बढ्दै गएकोमा काोरोनाका कारण आर्थिक गतिविधि ठप्प हुँदा बैंकहरूमा पैसा थुप्रिएको थियो । बैंकिङ प्रणालीमा निक्षेप थपिरहने तर कर्जा प्रवाह नहुँदा बैंकहरूमा अधिक तरलता थियो । पछिल्लो समय यो घट्दो क्रममा रहेको छ । यसरी नै कर्जा प्रवाह बढिरहने हो भने अबको केही समयमा नै क्रेडिट क्रन्चको समस्या देखिने बैंकरहरूको भनाइ छ ।

प्रतिक्रिया