बल्न छाडे सोलार बत्ती

दोलखा । गाउँपालिकाको लापरबाहीका कारण जिल्लाको तामाकोसी गाउँपालिकामा जडान गरिएका सोलार बत्ती बल्न छाडेका छन् । गाउँपालिकाले लाखौँ खर्च गरेर मुख्य चोक र बजारमा जडान गरिएका सोलार मर्मत नगर्दा बल्न छाडेका हुन् । गाउँपालिका–१ भिरकोटको बागखोरमा केही महिना अगाडिदेखि नै सोलार बत्ती बल्न छाडेको स्थानीय गोबिन्द श्रेष्ठले बताए । पटकपटक सोलार बत्ती मर्मत गर्न सम्बन्धित निकायलाइ आग्रह गर्दासमेत बेवास्ता गरिएको उनको गुनासो छ ।

त्यस्तै वडा–५ सहरेको पीपलडाँडामा जडान गरिएको सोलार पनि बल्न छोडेको स्थानीय रबिना सुन्दासले बताइन् । जडान गरेर छोड्दिने तर मर्मत गर्न कसैले चासो नदिएको उनी बताउँछन् । यता गाउँपालिकका इन्जिनियर सुबोध चापागाईं भने सोलार कम्पनीलाई सोलार मर्मत गर्न गाउँपालिकाले पत्र काटिसकेको बताए । निर्माण कम्पनीले सामान अभावका कारण मर्मत नगरेको चापागाईंको भनाइ रहेको छ । सोलार बत्ती मर्मत गर्न निर्माण कम्पनी र गाउँपालिकाको बेवास्ताका कारण लाखौं रकम खर्च गरेर जडान गरिएका सोलार बत्ती बल्न छोडेका हुन् ।

प्रतिक्रिया