सुनको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।छापावाल सुनको मूल्य अघिल्लो दिनभन्दा प्रतितोला ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन तोलाको ८५ हजार ७५० रुपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य बढेको दिन चाँदी पनि प्रतितोला १५ रुपैयाँ महँगिएर १२ सय ७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया