८३ प्रतिशतमा इन्टरनेट सेवा

काठमाडौ । ८३ प्रतिसत जनतामा इन्टरनेट सेवा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिने तथ्याकंमा उल्लेख छ । नेपालमा २ करोड ४७ लाख ३५ हजार जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पहुँच पुगेको सो तथ्याकमा उल्लेख छ ।
चालु आर्थिक बर्षको पुस मसान्तमा ३ लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका छन । मंसिरमा कूल २ करोड ४३ लाख ४७ हजार १ सय ५७ जनाको पहुँचमा इन्टरनेट सेवा रहेको थियो । कुल जनसंख्यामध्ये ८२ दशमलव ७९ प्रतिशत जनताका पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याकमा उल्लेख छ । प्राधिकरणले जनसंख्या प्रक्षेपणलाई आधार मानेर प्रतिवेदन तयार पारेको हो । प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणको तथ्याक अनुसार सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । गत पुससम्म मोबाइल इन्टरनेटको हिस्सा ६० दशमलव ३४ प्रतिशत छ । एक करोड १२ लाख बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको र यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ८६ लाख ३४ हजार र एनसेलको २५ लाख ६६ हजार रहेको उल्लेख छ । त्यस्तै फोरजी प्रयोगकर्ता ६६ लाख ८९ हजार १०३ र इभिडियो प्रयोगकर्ता १ लाख ३६ हजार पाँच सय ७३ रहेका छन् । प्राधिकरणको तथ्याक अनुसार फोरजीको प्रयोगकर्तामध्ये सबैभन्दा धेरै एनसेलका रहेका छन । गत पुस मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४० लाख ८६ हजार १३९ रहेका थिए । नेपाल टेलिकमका फोरजी प्रयोगकर्ता २३ लाख ८३ हजार २५६ र स्मार्ट टेलिकमका २ लाख १९ हजार रहेका छन् । यस्तै फिक्स ब्रोडब्याण्डको हिस्सा २१ दशमलव ६८ प्रतिशत छ । यसमा एडिएसएलका ८ लाख ६४ हजार र एफटिटिएच इन्टरनेट ५६ लाख ११ हजार रहेको उल्लेख छ ।

प्रतिक्रिया