वेब सिरिजमा ‘दबंग’ सोनाक्षी

मुम्बई । वलिउड अभिनेत्री  सोनाक्षी सिन्हा अब मोबाइलको स्क्रिनमा दबंग प्रहरी अधिकृतको भूमिकामा देखिँदैछिन् । एक निर्माणाधिन वेब सिरिजमा प्रहरी अधिकृत बनेकी सोनाक्षीको यो लुक्स अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर निर्माण युनिटले सार्वजनिक गरेको छ ।

यो वेब सिरिजको निर्माता फरहान अख्तर र जोया अख्तर हुन् । फरहानको कम्पनी एक्सले मिडिया एण्ड इन्टरटेनमेन्ट र उनकी बहिनी जोयाको कम्पनी टाइगर बेबीले गत वर्ष लकडाउन खुकुलो भएपछि गोवामा एक वेब सिरिजको सुटिङ शुरु गरेकी थिइन् ।

रिमा कागती र रुचिका ओबेरोयको संयुक्त निर्देशनमा बनेको यो सिरिज सोनाक्षीको लागि ‘डिजिटल डेब्यू’ हो । ३३ वर्षीया सोनाक्षीको पछिल्लो फिल्म ‘घूमकेतू’ हो, जुन ओटीटी प्लेटफर्मममा रिलिज भइसकेको छ । यो फिल्मको सुटिङ सोनाक्षीले ‘लुटेरा’को समयमा गरेकी थिइन् ।

प्रतिक्रिया