आज देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका साथै वाग्मती र प्रदेश १ का केही स्थानमा मेघगर्जनसहिहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै, उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना छ । विभागकी मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुको प्रभावले बेलुकासम्म कायम रहने जानकारी दिइन् । उनका अनुसार मंङगलबारदेखि मौसम सफा हुनेछ । हाल देशका पश्चिमी पहाडी भू–भागमा पूर्ण बदली रही अन्य पहाडी भेगमा सामान्य बदली छ ।

अपराह्न देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्युनतम तापक्रम शून्य दशमलव सात डिग्री सेल्सियस छ ।

प्रतिक्रिया