हाम्रो हार भयो : विष्णु पौडेल

काठमाडौं । नेकपाको आधिकारिकताबारे आज सर्वोच्च अदालतले फैसला गरेपछि केपी ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आफूहरुको हार भएको बताएका छन् । साथै, उनले नेकपा पार्टीबारे सर्वोच्चले गरेको फैसलालाई सम्मान गरेर जाने उल्लेख गरेका छन् ।

‘पौडेलले भनेका छन्, ‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौँ, कानूनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ, ‘सर्वोच्च अदालतलाई सधैँ सम्मान गर्दै आएका छौं ।’ तर, कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने उनले बताए ।

स्वतन्त्र न्यायालयमा विश्वास गर्ने राजनीतिक शक्ति हौं’, पौडेलले भने । सर्वोच्चले नेकपाको आधिकारिकता केपी शर्मा ओली र दाहाल–नेपाल समूह दुवैलाई नदिएर ऋषिराम कट्टेललाई दिएको हो ।

ऋषिराम कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए ।

प्रतिक्रिया