दार्चुलामा जीप दुर्घटना ३ जनाको मृत्यु

दार्चुला । जिल्लाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक करन नाथ, गाडीधनी पदम पन्त र पन्तकी आमा सुनादेवी पन्त रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले जानकारी दिए । गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको बा ३ ज १६९३ नम्बरको नयाँ जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

जीपमा सवार अरु चारजना घाइते रहेको स्थानीय रमेश धामीले बताए। बुद्धिपल्लब पन्त, गंगा पन्त, मुकेस पन्त र बसन्त पन्त घाइते भएका हुन् । सडकबाट झण्डै डेढ सय मिटर तल खसेको जीप क्षत विक्षत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा उद्धारमा सहयोग गरेका छन् । घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया